न्युयोर्कमा नेपालीहरुले आफ्नै भवनमा स्थापना गरे दुर्गा मन्दिर

न्युयोर्क। अमेरिकाको न्योयोर्कमा बस्ने नेपालिहरुले आफ्नै भवनमा नेपाली मन्दिर स्थापना गर्न सफल भएका छन । लामो समयदेखिको अथक प्रयास र लामो प्रतक्षिापश्चात न्युयोर्कमा रहेका नेपालीहरु आँफै भवन निर्माण गरेर दुर्गादेविको मन्दिर स्थापना गर्न सफल भएका हुन् ।

रिजउड नेपाली समाजको अगुवाईमा‘दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र’निर्माणका लागी आफ्नै भवन गत मे २३ मा खरिद गरेको थियो । सोही मन्दिरमा यतिबेला दुर्गा मन्दिर स्थापना गरिएको हो ।

मन्दिर स्थापनाबारे जानकारि दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष राजेश भट्टले क्विन्सको रिजउडमा अवस्थित उक्त भवनमा मन्दिर कक्ष, हल, ४ वटा अपार्टमेन्ट र ३ वटा अफिस स्पेश रहेको जानकारी दिएका छन् ।

उक्त भवन $1,990,000.00 मा खरिद गरेको र संस्थाका केहि सदस्यहरुले ‘पर्सनल ग्यारेन्टी’ बसी $990,000 ऋण लिएको थियो।

यसअघि सन् २०१० र २०१७ मा दुई महापुराण लगाएर मन्दिर स्थापनका लागि विभिन्न संस्था र व्यक्तिहरुले $2,247,627.02रकम दिने प्रतिबद्धता दिएका थिए । अहिलेसम्म लगभग $999,221.50 उठिसकेको छ भने $1,257,014.82 रकम उठ्न बांकी छ।

पत्रकार सम्मेलनमा भट्टले भने, हामीलाई विश्वास छ हाम्रा साथीहरुले कबुल गरेको रकम चांडै नै उपलब्ध गराउनु हुनेछ,’ अध्यक्ष भट्टले थपे, त्यो रकम आएमा मन्दिरको व्यवस्थापन, भवनको पुर्ननिमाण लगायत धेरै कुरामा सहज हुनेछ।’

कार्यक्रममा अधिकांश वक्ताहरुले सबै संस्थाका पदाधिकारी तथा अन्यलाई कबुलेको रकम दिएर मन्दिर व्यवस्थापनमा सघाउन आह्वान गरेका थिए।‘यो अब रिजउड नेप्लिज सोसाइटीको मात्र मन्दिर रहेन, अब यो सारा नेपालीको मन्दिर हो’ एक वक्ताले भने। ‘हामी सबैले यसलाई साथ दिनुपर्छ ।’

कार्यक्रममा मुख्य अतिथि न्युयोर्क कन्सुलेट अफिसका कन्सुलर गणेश अधिकारीले मन्दिरलाई आफ्नै भवनमा ल्याउन सफल भएकोमा सबैलाई बधाई दिएका थिए। संस्थाले गत जनवरी देखि हल भाडामा दिएर विभिन्न कार्यक्रम, पुजाआजा तथा बालबालिकाहरुकमा लागि हरेक आइतबार नेपाली भाषाको पढाई र नृत्य कक्षाहरु संचालन गरिरहेको छ ।