मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

काठमाण्डौ। लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन(पीएसजी)आफ्नो अन्तिम खेलमा पराजित भएको छ।पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन्।

दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोलले पराजित भएको हो।रमन्टफर्टको जितमा जोहान गास्टिन,मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे। पीएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे।

रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पीएसजी छाड्ने निर्णय गरिसकेका छन्। यो खेल हारेपनि पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ।