शरणार्थी प्रकरणः खाण र रिजालको बयान आज लिइदै

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदैछ। शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पूर्व गृहमन्त्री खाण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए।

आज खाण,रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य सुरु हुनेछ। महर्जनले हिजो मात्रै आत्मसमर्पण गरेका थिए। सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।