काठमाण्डौ।आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र,रानी ऐश्वर्य, युवराज दीपेन्द्र,अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्।
२२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ।