अब हाम्रा सन्तती पनि नेपालसँग जोडिएः आइसीसी कोषाध्यक्ष सुनील साह

काठमाडौं।राष्ट्रपति रामचण्द्र पौडेलले लामो समयदेखि विचाराधिन रहेको नागरिकता विधेयक प्रमाणिकरण गरेपछी गैरआवासिय नेपालिहरुले स्वागत गरेका छन्। गैर आवासिय नेपाली एनआरएनका विभिन्न संघ संगठन र तिनका पदाधिकारी हरुले राष्ट्रपतिको निर्णयको स्वागत गर्दै खुसि व्यक्त गरेका हुन्।

गैर आवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले पनि अब बाटो खुल्यो।हाम्रो लागी आज साह्रै खुसी को दिन हो।यो एतिहासिक उपलब्धि पश्चात हामीले उठाउँदै आएको प्रमुख मागको सम्बोधन भएको छ। भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गरेका छन्।

उनले थप लेखेका छन्, नेपाली जनता,नेपाल देश,नेपाल सरकार,नेपालका सम्माननीय राष्ट्रपति,नेपालका राजनैतिक पार्टीहरु,गैर आवासीय अभियानमा दिन रात खटिनु हुने अग्रज अभियन्ताहरु र हामी सबै गैर आवासीय नेपालीहरु लाइ मेरो ह्दय देखी मुरी मुरी धन्यवाद का साथै बधाइ टक्र्याउद्छु।

यो दिन हामी सबै मिली हर्षोल्लासका साथ मनाऔं, यो एतिहासिक उपलब्धीको सम्मानार्थ आजको दिनलाई बिशेष पहिचान दिन, म एन.आर.एन. ए को सम्पुर्ण कार्यसमितिका साथिहरु लाइ पहल गर्न अनुरोध पनि गर्दछु। उनले लेखेका छन् ।