लमजुङ कारागारबाट कैदीबन्दी फरार

बाठमाडौं।लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन्। बिहीबार बिहान १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन्।

फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं.४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं.३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन्।

बेसीसहर नगरपालिका वडा नं.८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक डिएसपी प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन्।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए। रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।