काठमाण्डौ। दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ।इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिनुभयो।
गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उहाँले बताउनुभयो।त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले पनि आजदेखि २३ गते मंगलवारसम्म विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो।
यसैगरी इटहरी उपमहानगरले आज र भोलि बिदा दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो। केही दिनयता तराईका जिल्लासहित देशभर गर्मी बढेको छ।