राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण,एनआरएनए अध्यक्ष र उपाध्यक्षले गरे निर्णयको स्वागत

काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका बेला सो विधेयक ‘मृत’ अवस्थामा पुगेकाले राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नहुने केहीले बताएका थिए ।

सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेकय प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुर्व रास्ट्रपती बिधादेवी भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैर आवासीय नेपालीहरु खुशी भएका छन । पुर्व रास्ट्रपती भण्डारीले नेकपा एमालेबाट प्रभावित भएर उक्त बिधेयक रोकेको आरोप लाग्दै आएको थियो । बिधेयक पारित भएपछि बर्षौदेखिको एनआरएनएले माग्दै आएको प्रमुख माग पुरा भएको छ । उक्त माग पुरा भएपछि एनआरएनए अध्यक्ष कुल आचार्य,उपाध्यक्ष आरके शर्माले एक बिज्ञप्ती जारी गर्दै निर्णयको स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद ब्तक्त गरेका छन ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएका अध्यक्ष कुल आचार्यले आफुहरुको लामो मेहनत र अनवरत प्रयास पछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदले दुइ, दुइ पटक पारित गरेर पठाएको नागरिकता विधेयक अनुमोदन गरि दिनु भएकोमा साह्रै खुसी लागेको बताएका छन । नेपालको संविधान जारी भएको झन्डै आठ वर्ष पछि अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको अध्यक्ष आचार्यले बताए ।

यसका लागि सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमंत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमंत्री आदरणीय शेरबहादुर देउवाज्यू, नेपाल सरकार, सबै राजनीतिक दलहरू, माननीय सांसदज्यूहरु सहित सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको अध्यक्ष आचार्यले बताए । गत वर्ष नयाँ कार्य समिति गठन भए यता आफूहरुले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि सक्दो प्रयास गरेको सबै गैर आवासीय नेपालीहरुलाई अवगत नै जनाउदै अध्यक्ष आचार्यले अब विना कुनै वाधा अवरोध यो कानून कार्यान्वयनका लागि आआफ्नो ठाउंबाट सकारात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका छन ।

यस्तै एनआरएनए उपाध्यक्ष आरके शर्माले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक (नागरिकता बिधेयक) प्रमाणीकरण गर्नुभएकोमा उक्त निर्णयको स्वागत गरेका छन । गैरआवासीय नेपाली संघले लामो समयदेखि मुख्य मुद्धाका रुपमा उठाउँदै आएको विषय नागरिकता विधेयकमा रहेको हुँदा गैरआवासीय नेपालीहरुले उक्त निर्णयको स्वागत गरेको उपाध्यक्ष शर्माले बताए ।

अव आम गैरआवासीय नेपालीहरुमा स्वदेशसँगको सम्बन्ध र स्वदेशमा लगानी गर्नका लागि बाटो खुलेको जनाउदै शर्माले सरकारले हाम्रा अक्षरस मागलाई संवोेधन अझै गरिसकेको नभएपनि अव एनआरएनएहरुमा जिम्मेवारी बढेको बताए । आजका दिनमा सम्पतिको हकअधिकारको बिषय उठाएर नेपालमा लगानी कम आयो भन्न अब छुट नभएको जनाउदै शर्माले अब एनआरएनएहरुको कांधमा थप जÞिम्मेवारी आएको बताए । आगामी दिनमा एनआरएनएका रेमिटेन्सलगाएतका अन्य मुद्धाहरु पनि संवोधन हुँदै जाने अपेक्षा गरेको उपाध्यक्ष शर्माले एक प्रेष बिज्ञप्ती जारी गर्दै जनाएका छन ।

यस्तै एनआरएनए सचिव गंगाधर गौतमले पनि उक्त बिधेयकको स्वागत गरेका छन ।निरन्तर १९ बर्ष देखी लडदै आएको एक पटकको नेपाली सधैको नेपाली भन्ने आफुहरुको मागलाई सरकारले नागरिकता बिधयक पारित गरेर पुरा गरेकोमा एनआरएनए कोषाध्यक्ष लोक दाहालले स्वागत गरेका छन । यो बिधेयकपछि गैर आवासीय नेपालीहरु खुशी भएका छन । उनिहरुको बर्षौ देखिको माग पुरा गरेकोमा बर्तमान सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका छन ।