क्यानडामा सम्पन्न एनआरएनएको नर्थ अमेरिका क्षेत्रीय सम्मेलनद्वारा ७ बुँदे टोरन्टो घोषणापत्र जारी

क्यानडा। गैरआवासीय नेपाली संघ–एनआरएनएको क्यानडामा सम्पन्न नर्थ अमेरिका क्षेत्रीय सम्मेलनले ७ बुँदे टोरन्टो घोषणा पत्र जारी गरेको छ। गैरआवासीय नेपाली संघको बिधान बमोजिम बिनोद कुवँरको नेतृत्वमा मार्च २०२२ मा चयन भएको गैरआवासीय नेपाली संघको उत्तर अमेरीका क्षेत्रको क्षेत्रीय सम्मेलन यहीे मे २७ र २८ मा क्यानाडाको टोरन्टो शहरमा भब्य रुपमा सम्पन्न भएको थियो ।

गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न यो सम्मलेन गैरआवासीय नेपाली संघ अन्तराष्टिय समनव्य परिषद, अमेरिका क्षेत्रको संयोजनमा गैरआवासीय नेपाली संघ अमेरिका, गैरआवासीय नेपाली संघ क्यानाडा र गैरआवासीय नेपाली संघ चिलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

नेपालको आर्थिक बिकास र समाजिक सम्बृद्धिमा गैरआवासीय नेपालीहरुको भूमिका, हाम्रा अधिकार र नेपालसँग संबन्धित बिषयहरुमा सम्मेलन केन्द्रित रह्यो। यस सम्मेलनले विभिन्न बिषयहरुमा छलफल र अन्तरक्रियाबाट प्राप्त निचोडबाट निम्नानुसारको ७ बुँदे टोरन्टो घोषणा जारि गरेको हो ।

१. गैरआवासीय नेपाली नागरिकताको ऐन नेपालको संबिधानसँग मेल खानेगरी नेपालको संसदले ऐन बनाएर हाम्रो संबैधानिक अधिकार छिटोभन्दा छिटो सुनिश्चित गर्नको लागि हाम्रो पहल निरन्तर रहनेछ। त्यसैगरी हाम्रो वंसजको नेपाली नागरिकतालाइ निरन्तरताको लागि संघका पूर्व उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा निरन्तर लवी गरिएको छ भने त्यसलाई अझै शशक्त रुपमा लगिने निर्णय गरिएको छ।

२.नेपाल विश्वोको सबैभन्दा प्रचूर ग्रिन हाइड्रोजन उत्पादन संभावना भएको देश रहेको अध्ययन प्रतिवेदन,यससँग संबन्धित भएका प्रयासबारे संघका पूर्व अध्यक्ष डा शेष घलेद्वारा प्रतिवेदन प्रस्तुत गर्नुभयो। ग्रिन हाइड्रोजन परियोजाले नेपालको सामाजिक,वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउने हुँदा सो बिषयलाइ अझ बृहत्तर रुपमा छलफलमा लैजाने निर्णय गरियो।

३.गैरआवासीय नेपालीहरुले मातृभूमी नेपालमा गरिएको लगानीको सुनिश्चिता र पैत्रिक संपत्ति सुरक्षा सम्बन्धि छलफल गरियो। त्यसलाई नेपालमा लगानी संबधि अध्यावधिक कानुन र आवश्यक पर्ने थप नियम, कानुनको परिमार्जन र तय गर्नको लागि लवी गर्ने निर्णय गरियो।

४.नेपालमा रहेका बिविधता, समानता र समावेशिता (Diversity, Equity and Inclusion-DEI) संबन्धि उचित अध्ययन र समाधान गर्न नेपाल सरकारसँग माग गर्दछ। साथै त्यसलाई थप नीति तय गर्नको लागि गैरआवासीय नेपाली संघले एक कार्यदल गठन गर्ने निर्णय गरियो।

५.गैरआवासीय नेपाली संघको मूल मर्मलाइ मध्य नजर गर्दै गैरआवासीय नेपाली संघले नेपालको आर्थिक र सामाजिक सम्बृद्धीको लागि योगदान दिन,नेपालसँगको हाम्रो संबन्ध भावी सन्ततिसम्म निरन्तर गर्नको लागि हरेक दुइ÷दुइ बर्षमा गरिने अन्तराष्ट्रिय महाधिवेशन नेपालमा नै प्रत्यक्ष रुपमा प्रतिनिधिहरु उपस्थित भएर गर्ने निर्णय गरिएको छ।

६.गैरआवासीय नेपाली संघमा देखिएका असहमति र बिभाजनलाइ एकीकृत रुपमा समेटेर लैजानको लागि सबै पक्षसँग समन्वय गर्दै अगाडी बढ्ने निर्णय गरिएको छ।

७.क्यानाडामा सम्पन्न गरिएको यो क्षेत्रीय सम्मेलनलाई सफल बनाउन खट्नुहुने क्यानाडाका पदाधिकारी, स्वयँ सेवक, संचारकर्मी, पत्रकार, संघ–सँस्थाका प्रतिनिधिज्यूहरु, समुदाय र सम्पूर्ण उपस्थित गैरआवासीय नेपालीहरुमा गैरआवासीय नेपाली संघ हार्दिक धन्यवाद, आभार व्यक्त गर्दछ।