क्यानडा। गैरआवासीय नेपाली संघ–एनआरएनएको नर्थ अमेरिका क्षेत्रीय सम्मेलन क्यानडामा सम्पन्न भएको छ । संघको इतिहासमै पहिलोपटक क्यानाडाको आयोजनामा क्षेत्रिय सम्मेलन भएको हो । एनआरएनएको बिधान बमोजिम बिनोद कुवँरको नेतृत्वमा मार्च २०२२ मा चयन भएको एनआरएनएको उत्तर अमेरीका क्षेत्रको क्षेत्रीय सम्मेलन मे २७ र २८ मा क्यानाडाको टोरन्टो शहरमा भब्य रुपमा सम्पन्न भएको हो । यस पूर्व एनआरएनए क्यानाडाले संघको कुनै पनि अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न सकेको थिएन।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथि, क्यानाडाकी सांसद सोनिया सिद्धु बिशेष अतिथि हुनुहुन्थ्यो। सो सम्मेलनमा पूर्व उपाध्यक्ष सोनाम लामा, सल्लाहकार एसी शेर्पा, पासाङ्ग लामा, एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवर, उपाध्यक्षहरु थर्क सेन, बीआर लामा, महासचिव जानकी गुरुङ, सचिव कृष्ण के सी, क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु शशिचन्द्र अधिकारी, रश्मि थापा, एनबी टण्डनलगाएतको उपस्थिती रहेको थियो ।
अमेरिका क्षेत्रको संयोजनमा गैरआवासीय नेपाली संघ अमेरिका, गैरआवासीय नेपाली संघ क्यानाडा र गैरआवासीय नेपाली संघ चिलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। अमेरिकाका अध्यक्ष सुर्य लम्साल, क्यानाडाका अध्यक्ष कुन्दन घिमिरे, सभापति अन्जनी भट्टराई, चिलीका संयोजक गिरिराज पाण्डे र अमेरिका, क्यानाडा दुवै देशका पदाधिकारी, सल्लाहकार समेत हुनुहुन्थ्यो।
सम्मेलनमा प्रमुख अतिथी डा.घलेले नेपालमा ग्रिन हाइड्रोजन आफैंमा एउटा नयाँ अध्ययनको बिषय भएको उल्लेख गर्नुभएको थियो। गैरआवासीय नेपाली नागरिकताको ऐन बनाउने पहल,वंसजको नेपाली नागरिकताको निरन्तरता माग नयाँ तथा निरन्तर लवी हुन्। दोहोरो नागरिकता, गैरआवासीय नेपाली नागरिकता, वंसजको नेपाली नागरिकता,एनआरएन कार्ड,नेपालको निर्वाचनमा मतदान अधिकर र सर्वोच्चको आदेसको बिषयमा गहन छलफल भएको छ।
त्यसैगरी पहिलो पटक नेपालमा आजका समय सम्म पनि कायम रहेको सामाजिक विभेद र असमानताको बिषयमा लामो र गहन छलफल गरि आगामी दिनमा यस्ता विभेदलाइ गहन अध्ययन गरि थप नीति तय गर्न कार्यदल नै गठन गर्ने निर्णय भएको छ।