विश्वमा एक अर्ब मानिस हैजाको जोखिममा

एजेन्सी। संयुक्त राष्ट्रसंघले विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको जनाएको छ।यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको राष्ट्र संघले जनाएको छ।

पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १ सय भन्दा धेरै भएको बताइएको छ। गरिबी,द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसंख्या विस्थापनका कारण सङ्क्रमण बढेको विश्व स्वास्थ्य संगठनका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभएको छ।

संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर, युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले खोप अभियान नराम्ररी प्रभावित भएको छ। यसवर्ष १ करोड ८० लाखभन्दा बढी ओरल हैजाको भ्याक्सिन डोज माग गरिएको छ तर, ८० लाख मात्र उपलब्ध विश्व स्थास्थ्य संगठनले जनाएको छ।