काठमाडौं। दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। बस आज बिहान दाङको देउखुरी भन्ने ठाँउमा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।