राष्ट्रपति बनेपछि पौडेलको संसदमा पहिलो सम्बोधन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्दै हुनुहुन्छ।राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदन(राष्ट्रिय र प्रतिनिधि सभा)को संयुक्त बैठकलाई आज अपराह्न ४ बजे सम्बोधन गर्न लाग्नु भएको हो ।

सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा संसदमा प्रस्तुत गर्दैछ। त्यसलाई राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुुहुनेछ। नीति तथा कार्यक्रम प्रस्तुतका लागि सबै तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रपतिमा चयन भएपछि संघीय संसदको संयुक्त बैठकलाई पौडेलले पहिलो पटक संसदमा उनको यो पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो।पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। सरकारले आज संसदमा पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि केही दिन छलफल हुनेछ।

सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ। राष्ट्रपतिको सम्बोधन सकिएपछि दुबै सदनको छुट्टाछुट्टै बैठक बस्नेछ। बैठकले राष्ट्रपतिको सम्बोधनलाई टेबुल गर्नेछ ।