काठमाडौं। गैरआवासिय नेपालि संघ एनआरएनएमा राजनीतिले प्रवेश पाएको भन्दै अमेरिकामा रहेका युवाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। अमेरिकाको टेक्सासमा रहेका नेपाली युवा उद्दमि प्रदिप चौलागाँईले एनआरएनएलाई राजनीतिले ग्रसित बनाएकोले यसलाई राजनीतिमुक्त बनाउनुपर्ने बताएका छन्।टिभि सन्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्ताको क्रममा उनले यस्तो बताएका हुन्।
नेपालमा राजनीतिकै अस्थिरताका कारणले विदेशिन बाध्य भएपछि विदेशि मुलुकमा पुगेर पनि फेरी राजनैतिक प्रतिशोधमा उत्रिन नहुने र एनआरएनए सँस्थालाई विसुद्ध राजनीतिमुक्त बनाउनुपर्ने उनि बताउछन्।त्यसका लागी अब युवाहरुले सक्रियता बढाउनुपर्ने उनको आसय छ।
सामाजिक कार्यमा समेत सक्रिय रहेका व्यवसायी चौलागाँईले सफल व्यवसायी बन्न दृढता चाहिने र कुनैपनि समस्यासँग जुध्न सक्ने आँट र हिम्मत चाहिने बताउछन्।
व्यवसायको दौरानमा आउने समस्याबाट भागेर सफल बन्न नसकिने भन्दै उनले समस्यासँग जुधेर अगाडी बढ्नुपर्नेमा चौलागाँईले जोड दिए।चौलागाँईसँगको अन्तरवार्ता टिभिसन्डेको अनलाईन टेलिभिजन युटुव,अनलाईन पत्रिका,फेसबुकलगाएतका सम्पुर्ण सामाजिक सञ्जालमा हेर्न पढ्न र सुन्न सकिन्छ।