फेरियो चितवन २ उपनिर्वाचनको माहौल : रवि हराउने कांग्रेस-एमालेको रणनीति, विरासत जोगाउन रास्वपालाई चुनौति

काठमाडौं। आगामी बैशाख १० अर्थात उपनिर्वाचनको मिति नजिकिएसँगै चितवन २, बारा १ र तनहुँ २ मा चटारो बढ्दै गएको छ। उपनिर्वाचनको मैदानमा होमिएका उमेदवारहरु र समर्थकहरु आफ्नो पक्षमा कसरी हुन्छ बढी मत पार्ने रणनितिमा यतिबेला व्यस्त छन्। उनिहरु भोट माग्न टोलटोलमा पुगेर चोकचोकमा चुनावी सभा गर्दै प्रचारप्रचार गरिरहेका छन्।यसकारण चितवन २मा अहिले रास्वपा, काँग्रेस र एमालेको त्रिपक्षीय भिडन्त हुने देखिन्छ। त्यसैलेपनि अघिल्लो पटकको निर्वाचनमा पनि विषेश चर्चा कमाएको चितवन यसपटक झनै बढी चासो र चर्चामा छ।

खास गरेर मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित बनेर गृहमन्त्री समेत बनेका सांसद राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो। त्यसकारण अहिले चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।

त्यतिबेला लामिछानेले सर्वाधिक मत ल्याएर निर्वाचनमा विजयी हासिल गरेका थिए।

मंसिरमा ४ मा कुल १६ जना उम्मेदवारमध्ये लामिछानेले सर्वाधिक झन्डै ५० हजार मत प्राप्त गरेका थिए।

विगतमा आफ्नो पकड क्षेत्र मान्दै र रजगज जमाउदै आएको एमालेका उमेदवार कृष्णभक्त पोखरेल पटकपटक लगातार चुनाव जितेर राज गरिरहेपनि लामिछानेले प्राप्त गरेको मतको एकतिहाई मत समेत ल्याउनसमेत नसकि तेस्रो हुन पुगे। यस्तै उनलेभन्दा केहि मत मात्रै बढी ल्याएर आफ्नो पडक क्षेत्रअन्तर्गत नै मान्ने कांग्रेस पनि विगतमा जस्तै दोश्रो बन्ने गरेको कांगेस इतिहास जोगायो।

काँग्रेसका उमेदवार तत्कालिन स्वास्थ्य राज्य मन्त्री उमेशलाल श्रेष्ठले पनि लामिछानेको मतको एकतिहाई मत पनि पुराउन भने सकेनन्।

त्यतिबेलाको नतिजामा लामिछानेले ४९ हजार तीन सय मत ल्याउँदा काङ्ग्रेसका श्रेष्ठले १४ हजार नौंँ सय ८८ र एमालेका पोखरेलले १४ हजार छ सय ५२ मत मात्रै ल्याएका थिए।

यो नतिजालाई हेर्दा यतिबेला पनि लामिछानेको जित सुनिश्चीत देिखए पनि अहिलेको परिणाम फरक पो आउने हो कि भन्नेमा लामिछाने आँफै र समर्थक शसंकित छन्। किनभने यतिबेला कांग्रेस र एमाले लामिछाने हराउने र जित आफ्नो बनाउने नत्र जुनसुकै तिकडमबाट भएपनि बढी मत खोस्ने रणनितिमा छन्।

त्यसकारण यी दुबै पार्टीले चितवनमा यसपटक चितवनकै चर्चित अनुहारलाई मैदानमा उतारेका छन। कांग्रेसले पूर्व पार्टी जिल्ला सभापति जितनाराण श्रेष्ठलाई मैदानमा ल्याएको छ भने एमालेले चितवनकै रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको छ।

फलस्वरुप चितवन २ रास्वपा आफ्नो विरासत जोगाउन तल्लिन छ भने काँग्रेस एमालले रास्वपा हराउने र ईतिहास फर्काउने रणनितिमा

आफ्ना केन्द्रिय तथा स्थानिय नेता कार्यकर्ता तथा समर्थकहरुलाई टोलटोलमा मतदातासमक्ष परिचालन गरेका छन् ।

यसले गर्दा अहिले यहाँ त्रिपक्षी भिडन्त हुने देखिएको छ ।

सोही अनुसार समर्थक र कार्यकर्ता पाटिको झन्डा बोकेर दिनरात, भोकतिर्खा र गर्मि नभनि मत माग्दै दैलादैलामा पुगेका छन्। यसकारणले चितवन २ यसपटक पनि चर्चामा मात्रै छैन देश विदेशबाटै चासो रुपमा पनि रहेको छ ।

कुल एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको चितवन–२ को यो उपनिर्वाचनमा २२ जना उमेदवार चुनावी मैदानमा छन्, मंसिर ४ मा भने १६ जना उमेदवार थिए।

जसमा रास्वपाबाट निवर्तमान सांसद रवि लामिछाने, एमालेबाट रामप्रसाद न्यौपाने,कांग्रेसबाट जीतनारायण श्रेष्ठ ,राष्ट्रियमुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, राजमोबाट जनकराज शर्मा,राप्रपाबाट जीवलाल पुरी,नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा,नेशनल मंगोल अर्गनाइजेशनबाट टेकबहादुर तामाङ, जय जन्मभूमी पार्टी नेपालबाट प्रेमबहादुर खड्का ,स्वतन्त्रबाट भाष्करचन्द्र न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैसी,राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ,नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी र अन्य दस जना अम्बिका भट्ट, रामकृष्ण ओझा ,लक्ष्मीमाया कोइराला बुढाथोकी, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुमन श्रेष्ठ ,सुवास परियार, ताराप्रसाद पौडेल,मोजराज वगाले स्वतन्त्र उमेदवार छन्।
यी उमेदवारहरुमध्ये लामिछाने र मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार टेक बहादुर तामाङ अघिल्लो निर्वाचनमा पनि उमेदवार थिए भने बाँकी सबै नयाँ अनुहार हुन्। यसरी सर्वत्र चासो कमाएको चितवन २मा रास्वपाले विरासत जोगाउला या काँग्रेस एमालेले ईतिहास फर्काउलान यो भने बैशाख १० ले नै बताउने छ ।