काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जानु हुने भएको छ। संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट जान लाग्नु भएको हो।
प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि बालकोट जान थाल्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएर आफ्नै निवास बालकोटमा आराम गरिरहनुभएको छ। सो कारण प्रधानमन्त्री प्रचण्ड र देउवा उहाँकै निवासमा जान लाग्नुभएको हो।
प्रचण्ड र देउवाले ओलीलाई स्वास्थ्य लाभको कामनासहित संसद्मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि पनि सोही विधेयकका विषयमा शीर्ष दलहरूबीच छलफल भएको थियो । तर सहमति हुन सकेको थिएन । यसअघि पछिल्लो बैठक वैशाख १ गते बस्ने भनिएको थियो। तर बैठक बस्न सकेको थिएन ।