रवि लामिछानेका ड्राइभरले छतबाट हाम फाले, अवस्था गम्भीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नंबर २ को उपनिर्वाचनका उमेद्वार रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट हाम फालेका छन् ।

चितवनको भरतपुरस्थित घरको छतबाट हाम फालेर तल खसेको अवस्थामा फेला परेका हुन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ।

लामिछानेलाई लिएर थापा हिजो तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो। बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो।