वैदेशिक रोजगारीका नेपाली सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुनेछनः एनआरएनए अध्यक्ष आचार्य

काठमाडौँ।
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा गैरआवासिय नेपाली संघका अध्यक्ष कुल आचार्यले आफुहरुको धेरै पहिले देखीको माग पुरा गरेकोमा सरकार र सरोकारवाला निकायलाई धन्यवाद ब्यक्त गरेका छन ।

यो अभियानमा गैरआवासीय नेपालीहरुको उल्लेख्य सहभागिता रहने समेत आचार्यले प्रतिवद्दता जनाएका छन ।अध्यक्ष आचार्यले गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा मध्य एक सामाजिक सुरक्षा कोष योजना शुभारम्भ भएकोमा आफू हर्षित भएको र यो सारा गैरआवासीय नेपालीहरुको लागि खुसीको क्षण रहेको बताए ।

गैरआवासीय नेपाली संघले २०११ देखि नै सामाजिक सुरक्षा कोषको स्थापना गर्नको निमित्त सरकारलाई पहल गरिरहेको र अहिले सार्थकता पाएकोमा सरोकारवाला सबै निकाय प्रति आचार्यले कार्यक्रममा आभार प्रकट गरे ।

गत साउन २० गते होटल हिमालयनमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ एनआरएनए बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाउदै आचार्यले योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब ४० लाख नेपाली श्रमिक लाभान्वित हुने बताए ।