काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा लामो समयदेखि बस्दै आएका गैरआवासीय नेपाली संघका अभियान्ता कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन्। उनी गत मंगलवार साँझपख आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्।
पारिवारिक स्रोतका अनुसार उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ। उनले अमेरिकामा आफ्नो व्यवसाय समेत गर्दै आएका थिए।गोरखा नाम्जुङ घर भएका लामिछाने नेपाली जनसम्पर्क समितिका संस्थापक मध्येका एक हुन्।
उनी दुई छोरी र श्रीमतिका साथमा बस्दै आएका थिए। लामिछाने विगत केही महिनादेखि पारिवारिक समस्यामा थिए। उनको मृत्युको कारण औपचारिक रुपमा पुष्टि हुन बाँकी छ।