राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको ६३ लाख बढीको सहयोग हस्तान्तरण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सहयोग गरेको छ। सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द«को वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिनेछ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उहाँको भनाई थियो । संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गर्नुभयो ।

एनआरएनएले समुदायको हितका लागि खरिद गरिएका सामाग्री समुदायलाई नै हस्तान्तरण गर्ने असल मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको लागि “मेक इन नेपाल” र “स्थानीय नवप्रवर्तन” को अवधारणा अन्तर्गत संघ तथा संघका अभियन्ताहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

उक्त अवधारणाबाट प्रेरित भई संघले यसअघि पनि आविष्कार केन्द्रलाई रु.१२,८७,५८०.४८ )बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा) हस्तान्तरण गरिसकेको छ । आविष्कार केन्द्रलाई प्रोत्साहन गर्नकै लागि भन्दै संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित रु. एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो ।