रास्वपा पनि गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री पाए सरकारमा जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले १० गतेको सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका हुन् ।

उनले १० पुसको सहमतीअनुसार गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री पाए सरकारमा जान कुनै रोकावट नहुने बताएका छन् ।

‘हामी सरकारमा जाने या नजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं। पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ,’ कुरा गर्दै ढकालले भने,‘पुस १० गतेको सहमति बमोजिम (गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री)हुनुपर्ने छ। साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो।’

यस्तै सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने उनको भनाइ छ ।