काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान बुधवारदेखी सुरु गरिएको छ । बुधबार प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको रास्ट्रीय सभागृहमा आयोजित एक कार्यक्रममा सुरुवात गरेका छन।
सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएकोमा प्रधानमन्त्री प्रचण्डले खुशी ब्यक्त गरेका छन। उनले यस्ले बिदेशमा रहेका लाखौ नेपाली र उनिहरुको परिवार लाभान्वित हुने बताए ।
रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती स्वीकार्य नहुने प्रधानमन्त्री प्रचण्डले बताए। प्रचण्डले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरुप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताऊदै सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको स्पष्ट पारे।