काठमाडौं। ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे १ क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी नजिक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको दैलेख प्रहरिले जनाएको छ ।
मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको प्रहरीले बताएको छ। मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करिब १५० मिटर तल खसेको र थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।