एनआरएनए युएईले अहिलेसम्मकै ठुलो धनराशिको भलिबल प्रतियोगिता गर्दै, यस्तो छ पुरस्कार राशी

युएई –गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले अहिलेसम्मकै ठुलो धनराशिको भलिबल प्रतियोगिता गर्ने भएको छ। सामाजिक कार्यसँगै स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो।

जसअनुसार प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई युएईकै सबै भन्दा धेरै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। आगामी अप्रिल २ गते आइतबार युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा उक्त प्रतियोगिता हुन लागेको हो।

गैरआवासीय नेपाली संघ युएईका खेलकुद संयोजक भीम मल्ल ठकुरीले विजेता प्रथम टिमलाई युएई दिराम नगद ७,७७७/- द्वीतीय ४,४४४/- र तृतीय २,२२२/- नगद,कप, प्रमाण-पत्र र मेडल प्रदान गरिने बताए ।

गैरआवसीय नेपाली संघ आईसिसिका खेलकुद संयोजकको भुमिका निर्वाह गरेका सामाजिक अभियन्ता, खेलप्रेमी आठौं र नवौ राष्ट्रिय खेलमा गैरआवासीय नेपाली संघ, स्पोर्ट्स एकेडेमीका म्यानेजमेन्ट प्रमुख एबं खेल संयोजकको महत्वपूर्ण भुमिका निर्वाह गरेका संघका मध्यपुर्व संयोजक मनोज गोर्खाली, गैरआवसीय नेपाली संघ युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ, राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष ठाकुर ढुंगानालगायत सम्पूर्ण टिमको महत्वपूर्ण सहयोग र योगदानका कारण युएईको इतिहासमै ठुलो प्रतियोगिता आयोजना गर्न सकिएको ठकुरिले बताए ।

उक्त कार्यक्रममा एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा,युवा उपाध्यक्ष राज रेग्मी,सचिव प्रविन गुरुङ लगाएत अभियन्ता हरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
युएईमा रहेको सामाजिक संघ संस्था, विभिन्न क्लब लगायत खेलाडीहरुलाई उक्त खेलमा सहभागिता जनाई दिन खेल संयोजक ठकुरीले अनुरोध पनि गरेका छन ।

उनले यो प्रतियोगिता आयोजना गर्न र सफल बनाऊन आ-आफ्नो ठाउबाट योगदान दिन युएईवासी नेपाली र एनआरएनए अभियन्तालाई अनुरोध गरे। ठकुरीले प्रतियोगिताको तयारी तिब्र गतिमा अगाडी बढेको बताए ।