कांग्रेसविरुद्ध एमालेले दियो निर्वाचन आयोगमा उजुरी

काठमाडौं ।
नेपाली कांग्रेसविरुद्ध नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ। उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिएको भन्दै एमालेले आयोगमा उजुरी दिएको हो।

कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो।सोही निर्णयअनुसार

कांग्रेसले आफ्ना सांसदहरुलाई यादवलाई मत दिन निर्देशन दिएपछि सो निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएको एमालेको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि गएराति १२ बजेबाट मौनअवधि सुरू हो ।