काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा.सुरेश चालिसे नियुक्त गर्नुभएको छ । आज राष्ट्रपति पौडेलले चालिसेलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको राष्ट्रपतिका नवनियुक्त निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
चालिसे अमेरिका र बेलायतका पूर्वराजदुतसमेत हुनुहुन्छ। डा. चालिसे सुशील कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहनुभएको थियो। त्यस्तै राष्ट्रपतिले निजी सचिवमा आजै चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको हो। अधिकारी यसअघि पौडेलका स्वकीय सचिव हुनुहुन्थ्यो।