दीपक मनाङे निर्विरोध निर्वाचित

२६ असोज, पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।