भवन खरिदको आह्वान गरिएको एक हप्तामा १ लाख ६४ हजार २ सय डलर सङ्कलन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्नको लागि आह्वान गरिएको एक हप्तामा १ लाख ६४ हजार २ सय डलर सङ्कलन भएको छ । सेप्टेम्बर १५ बिहिबारका साँझ ५:३० सम्मको अध्यावधिक अपडेटमा यति रकम सङ्कलन भएको छ। यो भवन अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा खरिद गरिन लागेको हो ।

आह्वान गरेको एक हप्तामै १ लाख ६४ हजार २ सय डलर संकलन भै सकेको छ भने सहयोग आउने क्रम जारी रहेको छ । हाल सम्म संस्थाको आफ्नो स्थायी भवन ,ठेगाना,कक्ष र पत्रचार गर्ने स्थायी ठेगाना र भेटघाट गर्ने थलो समेत नभएको कारण संस्थाले बिभिन्न संस्थाहरु ,अमेरिकी सरकारसँग लिनु पर्ने र माग्नु पर्ने थुप्रै कुराहरुबाट चुकेको छ । घर खरिद संगै स्थायी ठेगाना रहेमा संस्थाले आफ्ना महत्त्वाकांक्षी परियोजना ल्याई थुप्रै कामहरु अमेरिकी सरकारसंग पनि लिन सक्ने वातावरण बन्ने सम्भावना बढेर आएको छ ।

यो लक्ष्यलाई पार लगाउन मेरिल्याण्ड निवासी तथा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थको संयोजकत्वमा समिति बिस्तार समेत गरिएको छ । अहोरात्र सबैजना एकै लक्ष्यमा केन्द्रित रहेका छन् ।

भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्ने छ । साथै संस्थाले सहयोग गर्न चाहनेको लागि आधिकारिक रुपमा पे(पाल निर्माण गरेको छ भने यस मार्फत घर खरिद गर्न सहयोग गर्न सकिने संस्थाका कोषाध्यक्ष राजिब श्रेष्ठले सबैलाई आह्वान गरेका छन ।

यदि कसैलाई आर्थिक सहयोग गर्ने इच्छा भएमा सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।

Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869

रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्थलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ।

भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।