नेपाली जनसम्पर्क समिति बहराइनले साँस्कृतिक साँझ गर्दै

बहराइन । नेपाली जनसम्पर्क समिति बहराइनले नेपालमा रहेका अनाथ तथा असहाय बालबालिकाहरुको सहयोगार्थ आगामी सेप्टेम्बर १६ तारिख साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समितिले बहराइन स्थित डेल्मोन इन्टरनेशनल होटेलमा नेपाली गायक गायिकाहरुलाई उपस्थित गराएर साँस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो ।
चर्चित गायक सुगम पोखरेल, गायिका रचना रिमाल लगायतका कलाकारहरुको कार्यक्रममा प्रस्तुति रहनेछ । साथमा_स्थापित _स्थानिय BAND को पप तथा लोक बिधाका कलाकारहरु सहितको बेजोड प्रस्तुति समेत रहनेछ।
यस कार्यक्रमको संयोजन लक्षमण श्रेष्ठले गर्दै हुनुहुन्छ भने कार्यक्रमको उप संयोजकमा सुवास केसी हुनु हुन्छ । श्रेष्ठ र केसीले बहराइनमा बस्ने नेपालीहरुलाई सहभागिताको लागि अनुरोध गर्नु भएको छ ।