गैरआवसिय नेपाली नागरिकता विधेयकको जनप्रगतिशिल मंच अमेरिकाद्दारा स्वागत

नेपालको प्रतिनीधिसभाबाट नागरिकाता बिधेयक पारित भइ गैरआवसिय नेपाली नागरिकता प्राप्तिको लागी बाटो सहज भएकोमा जनप्रगतिशिल मंच अमेरिकाले स्वगत गरेको छ ।
नेपालको सत्ताधारि दल नेकपा माओवादी निकट मानिने मंचको अध्यक्ष तिलक केसीले शनिवार एक विज्ञप्ति जारि गर्दै यसले विदेशमा रहेका करिब ५० लाख नेपालीको नेपालसंगको आर्थीक, संस्कृतिक सम्बन्धलाइ नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

“यो हाम्रो लामो समयदेखीको माग हो आज एक कदम पुरा भएको छ यसलाइ हामी हार्दीक स्वागत गर्दछौँ”

एनआरएनए अभियन्ता समेत रहेका केसीले भने । विज्ञप्तिमा नेपाल सरकार, गठबन्धनमा सहभागी राजनीतिक दलहरु, एनआरएनए पदाधिकारी तथा समस्त अभियन्तालाइ धन्यवाद दिदै अब कानून बन्नमा कुनै ढिलाइ नगर्न नेपाल सरकारलाइ आग्रह समेत गरिएको छ । प्रतिनीधिसभाबाट पारित यो बिधेयकलाइ कानून बनाइ कर्यान्वयन गर्नको लागी राष्ट्रियसभाबाट पारित गरि राष्ट्रपतिले लालमोहोर लगाउनु पर्दछ । नागरिकता बिधेयकमा समेटिएको गैरआवसिय नेपाली नागरिकताको प्रवधानमा अन्य देशको नागरिकता लिएका व्यक्तिले नेपाली नागरिकता लिन चाहेमा नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने प्रवधान छ ।

यो प्रवधानले अमेरिका लगायत केहि देशको नागरिकता लिएका नेपालीलाइ गैरआवसिय नेपाली नागरिकता लिन असहज हुने तर्फ पनि केसीले ध्यानाकर्षण गराएका छन् । अमेरिका लगायत केहि मुलुकमा नागरिकता लिन नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नपर्दैन ।

यसै गरि केसीले बिधेयकमा समेटिएको विदेशी नागरिकले नेपालीसंग बिवाह गर्ने वित्तिकै नागरिकता दिने प्रवधान पनि नेपालको राष्ट्रिय अस्मितामा खतरा हुनसक्ने तर्फ दलहरु सचेत हुनुपर्ने जनाएका छन् ।

“नेपाल जस्ता विशाल जनसंख्या भएको छिमेकिको बिचमा अवस्थित मुलुकले यस्तो फिलतो प्रवधान राख्नु गलत हो”

विज्ञप्तिमा उल्लेख छ ।
यसअधिको कार्यकालमा एनआरएनए एनसिसि अमेरिकाका बोर्ड अफ डाइरेक्टर रहेका केसी गत निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । हाल उनि एनआरएन रुपान्तरण अभियानका संयोजक हुन् । उनले गत महिना सत्ताधारि दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग भेटि गैरआवसिय नेपाली नागरिकता बिधेयक छिटो पारित गर्न आग्रह गरेका थिए ।