न्युयोर्क । रोटरी कल्ब अफ क्विन्स, न्यूयोर्कको अध्यक्ष २०२२–२४ का लागि गुरु दत्त पराजुली चयन भएका छन् ।
नयॅा नेतृत्व सम्हालेका गुरुदत्त पराजुली र सम्पुर्ण नवचयन सदस्यहरुलाई डिस्ट्रिक्ट ७२५५,न्युयोर्ककी अध्यक्ष सोनिया सलाहले सपथग्रहण खुवाएका थिए,नवचयन कार्यसमितीको अध्यक्षमा गुरुदत्त पराजुली, प्रेसिडेन्ट इलेक्ट र रहेका छन् । हंशराज जोशी र बिकाश पाण्डे इलेक्ट रहेका छन् ।कार्यकारी सचिवमा दामोदर घिमिरे ,सचिवमा शंकर बिशुङ्के,कोषाध्यक्षमा गोपी ढुंगाना, सदस्य सभापतिमा ध्रुव कुमार क्षेत्री,आर्मी सर्जियन पुरुषोत्तमखड्गी, संचालक समिति सदस्यहरुमा अर्बिन पौडेल,इन्दिरा घर्ति,शोभा कान्त पाण्डे,चमेली खाती दर्जी ,दुकार टाशी ,मंजु बिष्ट तथा सुकु राई रहेका छन् ।
कार्यक्रममा नेपालको विद्यालयलाइ डिजिटलाइजेसन गर्न उल्लेखनिय सहयोग गरेबापत सामाजिक अभियन्ता रोशन सिंखडालाइ बिशेष सम्मान प्रदान गरिएको थियो
कार्यक्रममा निवर्तमान सभापति खाम भट्टले नवनिर्वाचित कार्यसमितिलाइ पदहस्तान्तरण गर्नुका साथै बधाइ ज्ञापन गरेका थिए । सन् २०१७ मा नेपाली अमेरिकन युवाहरुको पहलमा स्थापना भएको क्लवले कोभिड महामारिको समयमा न्युयोर्कको नेपाली समुदायलाइ महत्वपुर्ण सहयोग गरेको थियो ।