काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरी भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए। अधिकारीले उद्योग-व्यवसायीलगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात गर्नुपर्नेमा समेत जोड दिए। उनले निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखी काम गरे मात्र मुलुकको अर्थतन्त्र लयमा आउन सक्ने बताएका छन्। यस्तै अधिकारीले पछिल्लो समय रेमिट्यान्सले उत्पादन नभई विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको बताए। गभर्नर अधिकारीले भने, ‘नेपालले उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था हुने छ।’