नेपाल प्रहरीका १७ एसएसपी डिआइजीका लागि बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीको डिआइजीका लागि बढुवा सिफारिस भएका हुन्। लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस भएको हो।
पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर बढुवाका लागि सिफारिस भएका छन्। दोस्रोमा मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाग कार्य निर्देशनालयका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो।