अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको जनाइएको छ ।
मङ्गलबार टेक्सासको रोब प्राथमिक विद्यालयमा १९ विद्यार्थी र दुई शिक्षकको हत्या गर्ने बन्दुकधारी कानुन प्रवर्तनकर्ताले जबरजस्ती कक्षाकोठामा पसेर हत्या गर्नुअघि विद्यालय परिसरमै थिए । १८ वर्षीय गोली प्रहार गर्ने साल्भाडोर रामोस, विद्यार्थी र शिक्षकमाथि गोली प्रहार गरेपछि करिब आधा घण्टासम्म प्रहरीहरूसँग विवादमा थिए।
रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको विवरणमा जनाइएको छ। बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेखेको अधिकारीहरूले बताएका छन्। फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय आक्रमणकारीले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको बताइएको छ। टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीन वटा चेतावनी फेसबुकमा पोस्ट गरेका थिए।
सुरुमा आफ्नी हजुरआमालाई गोली प्रहार गरेर विद्यालयमा आक्रमण गर्ने उनले चेतावनी दिएका थिए । उनी आक्रमणका लागि विद्यालय पुग्नु १५ मिनेटअघि मात्रै त्यस्तो सन्देश पोस्ट गरेका थिए । बन्दुकधारीले कथित रूपमा जर्मनीमा बस्ने एक नाबालीकालाई समेत आफ्नो मनसायको बारेमा जानकारी गरेको बताईएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रोब इलिमेन्टरी स्कुलमा भएको घटना निकै दुखद भएको बताएका छन् । स्कूलमा गोलीबारीमा मारिएकाहरूको सम्मानमा, सबै सैन्य र नौसेना जहाजहरू, स्टेशनहरू, र विदेशमा रहेका सबै अमेरिकी दूतावासहरू र अन्य कार्यालयहरूमा अमेरिकी झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।
युभाल्डे, टेक्सासमा भएको यो घटना सन् २०१२ को स्यान्डी हुक इलिमेन्टरी स्कूलमा भएको गोलीकाण्डभन्दा बढी घातक भएको गभर्नर ग्रेग एबोटले बताए ।