पल शाहको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुँदै

नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दा बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

गत साता पलका वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो । पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे आज हुने सुनुवाइमा निर्णय हुनसक्ने बताइएको छ ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।