ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनलाई लगातार अग्रता

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले लगातार अग्रता बनाइरहेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ३५ हजार ७०३ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले २० हजार ९४२ मत ल्याएका छन् ।

अहिलेसम्मको मतगणनामा महर्जनले एमालेका व्यञ्जनकारमाथि १४ हजार ७६१ मतको अग्रता बनाएका छन् । त्यस्तै राप्रपाका अष्टबहादुर महर्जनले ३३६३ मत पाएका छन् ।

त्यसैगरी उपमेयरमा भने एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले २० हजार ७६० मतसहित अग्रता बनाएकी छन् । उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १२ हजार ६६६ मत ल्याएर पछ्याइरहेका छन् ।

२९ वडा रहेको ललितपुर महानगरमा अहिलेसम्म २२ वटा वडाको मत गणना सकिएको छ । जसमा काँग्रेसले १० वडामा जित हासिल गरेको छ भने एमालेले ७ वडामा जित हासिल गरेको छ । त्यस्तै स्वतन्त्र र एकीकृत समाजवादीले २-२ वडामा जितेका छन् भने माओवादी केन्द्रले एक वडामा जित हासिल गरेको छ ।