स्थानीय तह निर्वाचन: २१३ स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये २१३ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले १३५ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ ।

९४ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म ८ वटा स्थानीय तहको प्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ८ वटा स्थानीय तहको प्रमुख जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म कुनै पनि स्थानीय तहको प्रमुख जित्न सकेको छैन ।