वीरगञ्ज महानगरपालिकामा ठूलो मतान्तरसहित राजेशमान सिंह अगाडि

वीरगञ्ज महानगरपालिकामा ठूलो मतान्तरसहित गठबन्धन (जसपा)का उम्मेदवार राजेशमान सिंह अगाडि छन् ।

नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी ५ हजार ६ सय ३५ मत प्राप्त गर्दा राजेशमान सिंहले ६ हजार ३ सय ६० मतान्तरसहित उनलाई पछि पारेका हुन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका गिरीश गिरीले हालसम्म ४५९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार इम्तियाज आलमले ८ हजार ४ सय ७२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।