स्थानीय तह निर्वाचन: ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम

देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम:

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह १०,८९९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ५,८४१ मत ल्याएका छन् ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार धनराज आचार्य ९,१६५ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ७,७७४ मत ल्याएका छन् ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार रेनु दाहाल ६,२०२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ६,११५ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ७,२१७ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३,०८३ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ८,१३१ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ३,६२२ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ९,००० मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ६,६६७ मत ल्याएका छन् ।