काठमाडौंको उपमेयरमा आफ्नो अग्रता कायम राख्दै सुनिता

काठमाडौं महानगरपालिको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।

एमालेकी उम्मेदवार डंगोलले १० हजार ४ सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ ठूलो मतसहित पछि छन् । केहीबेर अघि सार्वजनिक मतगणना अनुसार श्रेष्ठ ढंगोलभन्दा ७ हजार ४ सय २९ मतले पछाडी रहेका छन् । उनले हालसम्म ३ हजार ४८ मत मात्रै प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यता राप्रपाबाट उम्मेदवार बनेकी बिनिता मगैयाले २ हजार २ सय २ मत प्राप्त गरेकी छिन् भने विवेकशील साझाकी उम्मेदवार कृति कंसाकारले ३९६ मत प्राप्त गरेकी छिन् ।