पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट मेयर पदका उम्मेदवार धनराज आचार्य ९२३ मत सहित अग्रता हासिल गरिरहेका छन् ।
२ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७ मतले अगाडि छन् । एकीकृत समाजवादीका आचार्यले ९२३ र एमालेका उम्मेदवार थापाले ८०६ मत पाएका छन् ।
त्यस्तै, उपमेयर पदमा पनि नेकपा एमाले पछि परेको छ । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले १ हजार २८ मत पाएकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् ।