ललितपुर महानगरमा चिरिबाबु महर्जनको अग्रता कायमै

ललितपुर महानगरमा गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन् । महर्जनले उनका निकटतम प्रतिद्धन्दी हरिकृष्ण व्यन्जनकारलाई ४७५ मतले पछाडि पारिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी व्यन्जनकारले ४०२ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ४४४ मत प्राप्त गरेकि छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार बाबुराजा बज्राचार्य २६७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका अष्टबहादुर महर्जनले ३५ मत प्राप्त गरेका छन् भने उपमेयरमा स्वर्णिम शाक्यले शुन्य मत प्राप्त गरेकी छिन् ।