विराटनगर महानगरपालिका: मेयरमा कांग्रेसका नागेशको अग्रता

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोइरालाले अग्रता बनाएका छन् । कोइरालाले हालसम्म २ हजार ७ सय ३९ मतका साथ अग्रस्थानमा छन् ।

कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सागरकुमार थापाले १ हजार ९ सय ९० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७ सय १५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रह्लादप्रसाद साह हलुवाईले ७५ मत पाएका छन् ।

विराटनगर महानगरपालिकाको उपमेयरपदमा भने नेकपा एमालेको अग्रता रहेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शिल्पा कार्की २ हजार १३ मत ल्याएर अग्र स्थानमा रहेकी छिन् ।