भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मत गणना गर्दा रेणु दाहालको अग्रता कायमै रहेको छ ।
सत्ता गठबन्धन रहेको भरतपुरमा माओवादीले रेणु दाहाललाई उम्मेदवार बनाएको छ । दाहालले १ हजार ३ सय ७२ मत प्राप्त गरेकी छिन् ।
प्रतिपक्षमा रहेका एमाले उम्मेदवार विजय सुवेदीले १ हजार ३ सय ५ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उठेका जगन्नाथ पौडेलले ४ सय ७० मत पाएका छन् ।
त्यस्तै, सत्ता गठबन्धनबाट कांग्रेसको उपमेयर उम्मेदवार भएका चित्रसेन अधिकारी पनि अग्रस्थामै रहेका छन् । अधिकारीले १ हजार ५ सय ४२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छिन् ।