काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै राखेका छन् ।
५२९ मत गण्ना हुँदा शाहले १७८ मत हासील गरेका छन्। उनले गणना भएको मतको ३४ प्रतिशत मत प्राप्त गरेका छन्।
दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन्। अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन्।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार रहेका बालेनलाई निर्वाचनअघि धेरै समर्थन मिलेको थियो । पार्टि र पार्टिका उम्मेदवारबाट निराश भएका स्थानीयको आशाको किरण हुन् बालेन शाह ।