आज स्थानीय तह निर्वाचन भईरहेको छ । गैरआवासीय नेपाली संघका प्रवक्ताहरु स्थानीय निर्वाचनको प्रचारप्रसारमा गाँउगाँउमा खटिएका थिए ।
गैरआवासीय नेपाली संघको विधानले संघका पदाधिकारीहरुलाई सकृय राजनीति गर्न बन्देज लगाएको छ । प्रवक्ताद्धय शिव कुमार वरुवाल र सोम सापकोटा संघको विधान र नियमावली विपरित आआफ्नो पार्टीको झण्डा बोकेर चुनावमा होमिएका हुन् ।
वरुवाल संघको १० औं महाविधेशन पछि गण्डकी प्रदेशमा खटिएका छन् । उनले आफ्नो फेसबुक टाइमलाइन मार्फत एमालेले गण्डकी प्रदेशका सबै पालिकामा जित्ने दावी गरेका छन् ।
यस्तै, अर्का प्रवक्ता सोपकोटा चितवनमा नेपाली कांग्रेसको पक्षमा चुनावी प्रचारमा जुटेका हुन् ।
उनीहरु गत १० औं महाधिवेशनमा भागबण्डाको आधारमा प्रवक्तामा चयन भएका हुन् । संघका केही पदाधिकारीहरु यसरी खुलेआम प्रचारमा देखिएको संभवत पहिलो पटक हो । दुवै प्रवक्ताले आफ्नो तस्बिर सामाजिक संजालमा शेयर गरेका छन् ।