जर्सी सिटी सहरको महिला सल्लाहकारमा डा. विष्णुमाया परियार

न्युजर्सी राज्यको जर्सी सिटी सहरको महिला सल्लाहकार समितिमा अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार मनोनित भएकी छिन्।

जर्सी सिटी सहरको महिला आयोग गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा परियारको पहलमा गठन भएको हो । जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकी पूर्व सल्लाहकार रही सकेकी डा. परियार जर्सी सिटी सहरकै रोजगारी र तालिम कमिटीको सदस्य पनि हुन्।

डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटि शहर र नेपालको इन्द्रवती गाँउपाालिकाबिच सिस्टर सिटि कायम गरिएको छ भने २०१७मा उनकै नेतृत्वमा जर्सी सिटिको सिटि भवनमा नेपालको झण्डा फरफराइएको छ । डा. परियार एनआरएनए आइसिसिको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन् ।

डा. परियार हाल अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिककी वरिष्ठ कार्यक्रम संयोजककोरूपमा कार्यरत छिन्। हड्सन स्पिक न्युजर्सी राज्यको हड्सन काउण्टीमा यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।