बालबालिकाको व्यक्तित्व विकास गर्ने ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगीताका तीन विजेता

सिजन मिडियाले स्कुलका विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्नका लागि आयोजना गरेको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगिताको सिनियर गल्र्सतर्फ मिनल केसीले उपाधि जितेकी छिन् ।
प्रतियोगितामा सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भएका छन् । प्रतियोगिताको जुनियर गल्र्सतर्फ भने अभानी अर्यालले उपाधि जित्न सफल भइन् । यस्तै शुभानी कार्की फष्ट रनर र स्मारिका महर्जन सेकेण्ड रनरअप भए ।

यस्तै, व्वाइजतर्फ प्रनिश श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २०१ नम्बर ल्याएका थिए भने उनीभन्दा एक नम्बर मात्रै कम २०० अंक प्राप्त गरी सिद्धार्थ घिमिले सेकेन्ड रनर अप भए ।
प्रतियोगितामा सिरपा बज्राचार्यले स्मार्ट, मेरिन श्रेष्ठले क्यूट, एन्चेन गुरुङले इनोसेन्ट, सिवानी चापागाईले डिसिप्लिन, सुहाना मुसाजुले व्यूटिफूल, मिनल केसीले पर्सनालिटी, प्रिसा श्रेष्ठले चार्मिङ र सिमोन पोटेले इन्टेलिजेन्स अवार्ड हात पार्न सफल भए ।
यस्तै अभानी अर्यालले कम्फिडेन्ट, सान्भी निरौलाले क्यूट, शुभानी कार्कीले चार्मिङ, अल्विन्का देवकोटाले इनोसेन्ट, स्मारिका महर्जनले स्मार्ट, आर्याना लक्ष्मी गुरुङले व्यूटिफूल, समृद्धि चौहानले डिसिप्लिन,वैभवी श्रेष्ठले एक्टिभ, आरोही तिवारीले ईन्टेलिजेन्स र रोजाश्री केसीले पर्सनालिटी अवार्ड प्राप्त गरिन ।
अर्को व्वाइज क्याटगोरीतर्फ प्रिन्स भट्टराईले इनोसेन्ट, गौतम घिमिरेले ह्याण्डसम, प्रनिश श्रेष्ठले कन्फिडेन्ट, सिद्धार्थ घिमिरेले पर्सनालिटी र उज्जन लाल श्रेष्ठले डिसिप्लिन अवार्ड प्राप्त गरे ।

बालिकाको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तर रुपमा आयोजना हुदै आएको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगिता वैशाख २६ गते सम्पन्न गरिएको थियो ।
सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार बालबालिकालाई व्यक्तित्व विकासका साथै विज्ञबाट बाल उपायोगी प्रशिक्षण गराइएको थियो ।