मतगणनास्थलमा सीसीटीभी जडान गरिने

निर्वाचन आयोगले मतगणनास्थलहरुमा निगरानी र अनुगमनकालागि क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) जडान गर्ने भएको छ । मतगणनास्थलको सुरक्षाका लागि आयोगले सीसीटीभीबाट निगरानी गर्ने र त्यसको रेकर्ड सुरक्षित राख्ने व्यवस्था मिलाएको हो ।

आयोगले डेढ महिनाअघि नै देशभरका स्थानीय तहमा मतपेटिका भण्डारण र मतगणना दृश्य अनुगमनका लागि सीसीटीभी जडान गर्न र उपकरणहरुको बन्दोबस्त गर्न परिपत्र गरेको थियो । आयोगले केन्द्रबाट नै इन्टरनेटको सुविधा पुगेका सबै ठाउँको अनुगमन गर्नेछ ।

२०७४ सालको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । यस्ता घटना दोहोरिनसक्ने आशंकाका साथ त्यतिबेला नै अरु स्थानीय तहमा तारजाली राखेर मतगणना गर्न सुरुवात गरिएको थियो ।

यस बर्षकोे स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै गतिविधि दोहोरिन सक्ने भएकाले सीसीटीभी जडान गर्न लागिएको आयोगले जनाएको छ ।