युक्रेनको मारिउपोलस्थित स्टिल उद्योगमा रुसको हमला

युक्रेनको मारिउपोलस्थित स्टिल उद्योगमा रुसले पुनः हमलाहरु थालेको छ । यसअघिका हमलाका कारण उद्योगमा फसेका सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको बताइएको छ ।

राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका छन् । आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए । तर, पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताएका छन् ।

सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको थियो ।

युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो ।